नियम
उम्मेदवारको अयोग्यता सम्बन्धमा उजुरी दिने

(१) कसैले निर्वाचनमा मनोनयनपत्र दर्ता भएको कुनै व्यक्ति त्यस्तो निर्वाचनमा उम्मेदवार हुन अयोग्य छ वा हुन गएको छ भनी ऐनको दफा ९ बमोजिम उजुरी दिन चाहेमा निर्वाचन परिणाम घोषणा हुनु अगावै अनुसूची– ३ बमोजिम आयोगमा उजुरी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम परेको उजुरी सम्बन्धमा आयोगले निर्वाचनको परिणाम घोषणा हुनु अगावै निर्णय गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम निर्णय गर्दा त्यस्तो उम्मेदवार अयोग्य रहेको ठहरेमा निजको उम्मेदवारी स्वतः रद्द हुनेछ ।